भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सिरियाली हिंसाप्रति राष्ट्रसङ्घीयको चासो

सिरियाली हिंसाप्रति राष्ट्रसङ्घीयको चासो

एजेन्सी । सिरियामा पछिल्ला केही दिनयता जारी रहेको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले चासो व्यक्त गरेका छन् ।

केही दिनयता सिरियाका विभिन्न भूभागमा हिंसात्मक हमला भएर केही व्यक्तिको ज्यान गएको तथा कैयौँ व्यक्ति विस्थापित हुन पुगेको घटनाप्रति चासो व्यक्त गरेको प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् ।

महासचिव गुटरेसले यस्तो आक्रमणलाई रोकी सबै पक्षले शान्ति र संयम अपनाउन आग्रह गरेका छन् । हमलाबाट उत्तरपूर्वी सिरियाली नगर इडलिबका कैयौँ मानिस विस्थापित हुन पुगेको बताइएको छ ।

यसवर्ष उत्तरी सिरियामा मात्र एक सय २१ जनाको यस्तै आक्रमणबाट ज्यान गएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । यहाँका ४० लाखभन्दा बढी व्यक्ति सो हिंसात्मक हमलाबाट प्रभावित भएका छन् । उनीहरुमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.