सुकिलुम्बामा नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्दै

सुकिलुम्बामा नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्दै

इलाम । सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो ।

इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो ।

नियमित उडान हुनुअघि विमानस्थलमा परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले बताए।

विमानस्थलको फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

 


Thali Mobile Pvt.Ltd.