भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको महत्त्वपूर्ण पर्व खखडेहराको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

विशेष गरी कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउँदै आएका छन् । राना थारू समुदायले सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् ।

एक महिनासम्म मनाइने होरी पर्वको समापनका दिन खखडेहरा मनाउने चलन रहेको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।

 


Thali Mobile Pvt.Ltd.