काठमाण्डौ । सुनको भाउ आज एकै दिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको हो । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५० हजार रुपैयाँ पुगेको थियो ।
आज एकै दिन दुई हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ४७ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ६० रुपैयाँले घटेर तोलको एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
