भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुर्खेत–२ को मतगणनाका लागि सर्वदलिय बैठक

सुर्खेत–२ को मतगणनाका लागि सर्वदलिय बैठक

सुर्खेत । निर्वाचन क्षेत्र नम्बर–२ को मतगाणनाका लागि सर्वदलिय बैठक बसेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाका लागि सर्वदलिय बैठक बसेको हो ।

सबै मतदान केन्द्रबाट सोमबार बिहान तीन बजेभित्र मतपेटिका मतगणना स्थलमा ल्याइसकिएको छ । सुर्खेत –२ को मतगणना वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभा हलमा हुँदैछ ।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मत पेटिकामा फरक मतपत्र फेला परेपछि आइतबार मतदान स्थगित भएको थियो ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का मतदान अधिकृत वीरेन्द्रनगरमा हुने सर्वदलिय बैठकमा सहभागी हुदैछन् । बैठकमा सिम्ता बहुमुखी मतदान केन्द्रमा मतदान कहिले गर्ने विषयमा छलफल हुने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.