भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

सूचना आदान–प्रदानको शैली फेरियो

सूचना आदान–प्रदानको शैली फेरियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ वादुकका गोपाल खड्काथोकीले विदेशमा रहेका आफन्तदेखि छिमेकीलाई भिडियो कलबाट सूचना आदान–प्रदान र कुराकानी गर्न थालेका छन् ।

सोही गाउँका ६० वर्षीय चुकबहादुर शेरपुञ्जाले पनि एनड्रोइड फोन र इन्टरनेटको सुविधा भएपछि सूचना आदान–प्रदानको परम्परागत शैली परिवर्तन गरेका छन् ।

“गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न ९चिच्याउन० लगाउने चलन थियो”, वादुकको श्रीकृष्ण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका शेरपुञ्जाले भने, “अहिले फेसबुकको ग्रुप र पेजमा सूचना राख्ने गरिएको छ ।”

इन्टरनेट भएपछि सस्तो र सजिलोरूपमा देश–विदेशमा रहेका आफन्त, साथीभाइसँग कुराकानी र सूचना आदान–प्रदान गर्न पाएको खड्काथोकीले बताए । “हामी सानो हुँदा विदेशबाट म घर आउँदैछु भनेर चिठ्ठी पठाउने व्यक्ति एक महिनामा चिठ्ठीभन्दा पहिले घर आइपुग्ने अवस्था थियो”, उनले भने, “अहिले विश्वको जुनकुनै ठाउँमा भएकालाई पनि भिडियो कलमा अनुहार हेरेर कुराकानी गर्न पाइएको छ।

वादुकका बासिन्दाले सामूहिकरूपमा सबै घरमा इन्टरनेट जडान गरी प्रविधिमैत्री गाउँ बनाउने अभियान चलाएपछि सूचना आदान–प्रदानको शैली फेरिएको हो । स्वदेश तथा विदेशमा रहेका वादुकवासीले करिब रु आठ लाख जुटाएर इच्छुक ५० वटा घरमा इन्टरनेट जडान गरिएको स्थानीय लोकेन्द्र गर्बुजाले बताए ।

“वादुकका दुई–तीनवटा बाहेक सबै घरमा सामूहिकरूपमा इन्टरनेट जडान भएको छ”, उनले भने, “अर्मपर्म, भेला, बैठकदेखि विवाह, छेवारको निम्ता गर्न पनि फेसबुक च्याट ग्रुप र पेजलाई प्रयोग गरेका छौँ ।” वादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्नुहुने अर्जुन तिलिजाको अगुवाइमा ‘बेगखोला न्यूज’ नामको फेसबुक पेज सञ्चालन भएको छ ।

सो पेजमा बेगखोलामा हुने हरेक गतिविधिको सूचना राखिन्छ । कुनै विषयमा बहस र छलफल हुन्छ । विकास निर्माण र सामाजिक कामका लागि सुझाव सङ्कलन गर्न तथा भएका गतिविधिको प्रचार–प्रसार गर्न सोही फेसबुक पेजको प्रयोग गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।

वादुकमा इन्टरनेट जडानका लागि सङ्कलित रकममध्ये तार, राउटर र जडान खर्चबाट बचेको रु एक लाख ५० हजार कोषमा राखिएको छ । प्रतिघर रु दुई हजार आठ सय शुल्क तिरेर इन्टरनेट जडान गरेका थिए । मासिक रु सात सय ५० शुल्क उठाउने गरिएको वादुक इन्टरनेट अभियानका नगेन्द्र गर्बुजाले बताए ।

समाचारका लागि सञ्चारमाध्यमको अनलाइन, फेज र युट्युव च्यानलबाट समाचार सुन्ने, हेर्ने र पढ्ने गर्दछन् । युट्युवमा आफूलाई मन पर्ने गीत, चलचित्र हेरेर ज्येष्ठ नागरिकले रमाइलो गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.