सूर्यविनायक नगरपालिकामा प्रवक्ताको जिम्मेवारी सापकोटालाई

सूर्यविनायक नगरपालिकामा प्रवक्ताको जिम्मेवारी सापकोटालाई

भक्तपुर । सूर्यविनायक नगरपालिका कार्यापालिको बैठकले नगर प्रवक्तामा वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटालाई चयन गरेको छ । विहिबार कार्यपालिकाको पहिलो बैठकले अध्यक्ष सापकोटालाई प्रवक्तमा चयन गरेको हो ।

कार्यपालिका बैठकले सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, विधायन समिति ,लेखा समिति लगायतका समितिहरुमा पदाधिकारीहरु चयन गरेको हो ।

सूर्यविनायक नगरपालिका कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ बमोजिम नगरपालिकामा रहने समितिहरुमा संयोजक र समितिका सदस्यहरु तोकिएको जनइएको छ । कार्यपालिका बैठकले सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक सानुकाजी कायस्थलाई जिम्मेवारी दिएको छ भने सदस्यहरुमा शर्मिला बस्नेत, विक्रम तामांग, तारावहादुर विष्ट, सन्तोषी नेपाली ,कल्पना नेपाली र कल्पना खतिवडा दहालाई चयन गरेको छ ।

आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेत चयन भएका छन् भने सदस्यहरुमा लछुराम न्यौपाने, सुमन परियार, हेमा खतिवडा, मञ्जु कार्की, सरला विश्वकर्मा, रन्जीता खत्री, हिरालक्ष्मी कोजु चयन भएका छन् । सामाजिक विकास समितिमा संयोजक रविन्द्र सापकोटा र सदस्यहरुमा विदुर खडका, दिपेन्द्र के सी,शेरकाजी सुवाल, सावित्री मिश्र, कुमार चौलागाई, गंगा खड्का, लक्ष्मण त्याती, रहेका छन् ।

पूर्वाधार विकास समिति संयोजकमा शिवराम राउत चयन भएका छन् भने सदस्यहरुमा पम्फा परियार,ईश्वर खडका, जर्नादन खडका, मनोज थापा, गिता पण्डित, विश्वराम त्वयनाबासु ,जनक भण्डारी, पम्फा परियार,पूजा बराह रहेका छन् ।

वातावरण व्यवस्थापन तथा विपद् व्यवस्थापन समिति संयोजकमा भगवान खत्री चयन भएका छन् भने सदस्यहरुमा उमेश कार्की, अन्जना नेपाली, प्रजुन तिखत्री, दिप गिरी, राधिका मिजार, विदुर देउजा जर्नादन खड्का चयन भएका छन् ।

विधायन समिति संयोजक प्रदिप कार्की र सदस्यहरुमा इश्वर बहादुर थापा, कमला पोखरेल, सुनिल भुजेल, सुवाष न्यौपाने, उज्वल राजथला, भगत राना,गीता विसुंखे चयन भएका छन् । त्यसै गरी लेखा समिति संयोजकमा राजकुमार जोशी र सदस्यहरुमा तारा सापकोटा, घनश्याम भट्टराई चयन भएका छन् ।

राजश्व परामर्श समिति संयोजक उप प्रमुख सरीता भट्टराई र सदस्यहरुमा रविन्द्र सापकोटा र शर्मिला बस्नेत चयन भएका छन् । बैठकले सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले पदभार ग्रहरण गर्दा गरेका विभिन्न निर्णयहरुलाइ पनि अनुमोदन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.