भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सुरु, भक्तपुर पुगे मन्त्री ज्वाला (भिडियो)

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सुरु, भक्तपुर पुगे मन्त्री ज्वाला (भिडियो)

भक्तपुर । भक्तपुरको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा ल्याइएको छ । संविधान दिवस अवसर पारेर आज काठमाडौंको रत्नपार्कमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा उद्घाटन गरेका हुन् ।

द्रुत सेवाका बसमा मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरका मेयर बालेन साह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयर सवार भई यात्रासमेत गरेका छन् ।

अरु सार्वजनिक बसलाई सूर्यविनायक–रत्नपार्क पुग्न डेढ घन्टा समय लाग्ने गरेकामा द्रुत बस सेवा ४५ मिनेटमै पुग्ने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए। माइतीघर, कोटेश्वर, जडीबुटीजस्ता ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिनुपर्ने छैन।

द्रुत बसमा हालका लागि रत्नपार्क–सूर्यविनायक रुटका अरु सार्वजनिक बसले लिने भाडा कायम गरिएको छ। द्रुत सेवाका बस रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५र५ मिनेटको फरकमा छुट्नेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्…

द्रुत बस गुड्ने सडकमा रातो रंगले पोतिएको लेन बनाइएको छ। यी लेनमा दैनिक बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ।

सूर्यविनायक–रत्नपार्क रुटमा चल्ने द्रुत बस सेवा आज उद्घाटन भए पनि बिहीबारदेखि मात्र सर्वसाधारण यात्रुलाई सेवा दिइनेछ।

 


Thali Mobile Pvt.Ltd.