भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सेनाको निगरानीमा मतपत्र छापिदै

सेनाको निगरानीमा मतपत्र छापिदै

काठमाडौं । वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका लागि सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले छपाइको जिम्मा पाएको छ ।

निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले चाँजोपाँजो मिलाएको हो । मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदै गरेको जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यले बताए ।

उनले भने, ‘नेपाली सेनासहित १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौं, ‘त्यसका लागि सेनाको टोली आज आउँदैछ ।’

मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुने उनको भनाइ छ । प्रवेश स्थलमा सेनाले जाँच गर्ने छ भने सिसिटिभी क्यामेरा थप गरिएको छ । कहाँ कहाँ सिसिटिभी क्यामेरा थपिए त्यो भने सेनाले जानकारी दिएको छैन । २ करोड मतपत्र छाप्न ९ वटा मेसिन प्रयोग गरिने जनाइको छ ।

 


Thali Mobile Pvt.Ltd.