भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

सेनाको निगरानीमा मतपत्र छापिदै

सेनाको निगरानीमा मतपत्र छापिदै

काठमाडौं । वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका लागि सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले छपाइको जिम्मा पाएको छ ।

निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले चाँजोपाँजो मिलाएको हो । मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदै गरेको जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यले बताए ।

उनले भने, ‘नेपाली सेनासहित १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौं, ‘त्यसका लागि सेनाको टोली आज आउँदैछ ।’

मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुने उनको भनाइ छ । प्रवेश स्थलमा सेनाले जाँच गर्ने छ भने सिसिटिभी क्यामेरा थप गरिएको छ । कहाँ कहाँ सिसिटिभी क्यामेरा थपिए त्यो भने सेनाले जानकारी दिएको छैन । २ करोड मतपत्र छाप्न ९ वटा मेसिन प्रयोग गरिने जनाइको छ ।

 


Thali Mobile Pvt.Ltd.