भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

सेनासहित पर्सामा ११७ जनामा कोरोना संक्रमण

सेनासहित पर्सामा ११७ जनामा कोरोना संक्रमण

३ भाद्र २०७७ बारा । श्री चण्डीनाथ गणका सेना, भारतीय महावाणिज्य दूतावासका कर्मचारीसहित पर्सामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परीक्षणमा ३५ जना महिलासहित थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले बताए । संक्रमित मध्ये वीरगञ्जका वडा ५, १०, १२, १५, १६ तथा २५ का ९ जना छन् । त्यस्तै बहुदरमाई नगरपालिका वडा नं २, ३, ५ तथा ६ का ८१ जना छन् ।

यसैगरि नारायणी बयोधा अस्पतालको हाउस किपिंग डिपार्टमेन्टमा कार्यरत ५ जना तथा क्वालिटी डिपार्टमेन्टमा कार्यरत १ जनासहित ६ जना छन् । संक्रमण पुष्टि हुनेहरुमा जिराभवानी गाउँपालिका वडा नं २ का ३ जना तथा वडा नं ३ का १ जनासहित ४ जना छन् भने नगरदाहाका २ जना छन् । त्यसैगरी बैरियाबिर्ताका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बारा जिल्लाका ८ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये श्री चण्डीनाथ गणका नेपाली सेना ४ जना, कलैया उप महानगरपालिका–१ का १ जना, जितपुरसिमरा नगरपालिकाका २ जना तथा प्रसौनी गाऊँपालिका – २ का १ जना रहेका छन । त्यसरीनै सप्तरी जिल्लाका पनि १ जनामा संक्रमण पुष्टि भएको छ । एक घर एक पीसीआर परीक्षण अभियान संचालन गरेसँगै वीरगञ्जमा संक्रमण पुष्टि हुनेहरुको संख्यामा बृद्धि भएको हो ।

 


Thali Mobile Pvt.Ltd.