३ भदौ २०७७ अछाम । रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाउदा ठूलो जनधनको क्षेती भएको छ ।
अहिलेसम्म ४ जनाको शव भेटिएको छ भने १९ जना बेपत्ता भएका छन् । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । प्रहरी घटनास्थलमा पुग्न लागेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।
