भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

सेभियासँग बार्सिलोनाको हार

सेभियासँग बार्सिलोनाको हार

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना सेभियासँग २-० ले पराजित भएको हो ।
घरेलु मैदानमा सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा कुन्डेले गोल गर्दै सेभियालाई १-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई २-० को सहज जित दिलाए । राकिटिचले पूर्व क्लबविरुद्ध गोल गरेका हुन् । सेभियाविरुद्ध बार्सिलोनाले गोलको अवसर सिर्जना गरेको थियो । तर, उसका खेलाडीले सदुपयोग गर्न सकेनन् ।

यस जितसँगै सेभियाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोनालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । बार्सिलोना र सेभियाबीचको दोस्रो लेग मार्च ४ मा हुनेछ । दोस्रो लेग बार्सिलोनाको मैदानमा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.