भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

स्पेनको एक भवनमा विस्फोट, तीनको मृत्यु

स्पेनको एक भवनमा विस्फोट, तीनको मृत्यु

बार्सिलोना । स्पेनको उत्तरी शहर सान्टान्डरमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

घटना स्थानीय समयअनुसार बिहान ४ बजेतिर एउटा सानो आवासीय भवनमा भएको थियो । विस्फोटका कारण तीन तले भवनमा आगलागी भएको तर विस्फोटको कारण अझै अज्ञात रहेको क्यान्टाब्रिया क्षेत्रको राजधानी सान्टान्डर शहरका मेयर गेमा इगुआलले बताउनुभयो।

विष्फोटपछि भवनको छेउको अर्का केही भवनका बासिन्दाहरूलाई सावधानीका लागि खाली गरिएको थियो।स्थानीय आकस्मिक सेवाका अनुसार १० जनालाई अस्पताल लगिएकोमा दुई जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । रासस/एएफपी

 


Thali Mobile Pvt.Ltd.