भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खबरदारी सभाबाटै केपीले बुझे हुन्छ, ‘जनताको तागत काठमाडौं आयाेभने के होला ?’– प्रचण्ड

खबरदारी सभाबाटै केपीले बुझे हुन्छ, ‘जनताको तागत काठमाडौं आयाेभने  के होला ?’– प्रचण्ड

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु र आफ्ना पार्टी भित्रकालाई केरकार नै नगर्नु सरकारको व्यवहारप्रति आपत्ति रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

आज काठमाडौंमा विशाल खबरदारीसभालाई सम्बोधन गर्दै उनले संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गर्नु सरकारको नालायकी पन भएको जिकिर गरे ।

प्रचण्डले भने, ‘अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ, त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसका नेताको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई गिरफ्तार गर्ने सरकारको तरिका बेठीक छ ।’

रवि लामिछानेको बचाउका लागि यो खबरदारीसभा नभएको भन्दै यसलाई एमालेले गलत प्रचार गरेको तर्क उनको छ । आफू प्रधानमन्त्री भएको बेला नै दोषी कोही बच्नुहुँदैन र निर्दोष कोही फस्नुहुँदैन भनेको स्मरण गर्दै प्रचण्डले सहकारी पीडितलाई न्याय दिन आफूले सिंहदरबारमा पचासौं पटक बैठक गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.