भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

स्वास्थ्य स्वयंसेविकाको समस्या समाधाननमा प्रदेश सरकार प्रतिवद्ध छः मन्त्री जोशी (भिडियो)

स्वास्थ्य स्वयंसेविकाको समस्या समाधाननमा प्रदेश सरकार प्रतिवद्ध छः मन्त्री जोशी (भिडियो)

काठमाडौं । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समस्या समाधाननमा प्रदेश सरकार प्रतिवद्ध भएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बताएका छन् ।

काठमाडौंको अनामनगरमा एक कार्यक्रमका बीच मन्त्री जोशीले आफु मन्त्री भएको बेला पहिलो निर्णय पनि स्वयम सेविकासंग रिलेटेड गर्भवती र सुत्केरी महिलाको पक्षमा निर्णय गरेको बताउँदै उपचार खर्च प्रदेश सरकारले हेर्ने र त्यो कार्यान्वयनमा आइसकेको बताए ।

राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा आएको भन्दै महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाहरुले आफुले पाउँदै आएको सेवा सुविधा सरकारले कटौती गरेको बारेपनि जानकार रहेको बताए ।

भिडियो….

अब त्यो कटौती नगररेर आवश्यक सम्मान र पुरस्कृत समेत गर्ने उनको विचार छ । कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो मुल्याङ्कन गरेर सरकारले पारिश्रमीकको पनि व्यवस्था गरिदिनु पर्ने आग्रह गरेकी छन् ।

स्वास्थ्य पर्वद्धनमा आफु हरदम लागिपरेको भन्दै मन्त्रीले तालिम तथा क्षेमता अभिवृद्धिका कार्यक्रमपनि संचालन हुने बताए । PSI को आयोजनामा भएको दुई दिने Capacity Building Of FCHWs In Communication Skills आवासीय तालिमको समापनका दिन

मन्तव्य राख्दै मन्त्री जोशीले आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर हुने बताए । तालिममा बागमती प्रदेशका १३ जिल्लाका गरी २७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.