भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

हमास विरुद्ध खनिए इजरायली प्रधानमन्त्री, कारबाही सुरु भएको घोषणा

हमास विरुद्ध खनिए इजरायली प्रधानमन्त्री, कारबाही सुरु भएको घोषणा

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासविरुद्ध सशक्त कार्बाही सुरु भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । हवाइ हमला जारी राखे बन्दीहरुको हत्या गरिदिने हमास लडाकुको धम्कीपछि इजरायलले विशेष सैन्य कारबाही थालेको छ । बन्दी मुक्त गर्न सबै सुरक्षात्मक उपाय लगाउने प्रधानमन्त्री नेतान्याहूले बताए ।

हमास लडाकु समूहको आक्रमणमा परी इजरायलतर्फ ९ सय जनाको मृत्यु भएको छ भने मृतकमध्ये केही विदेशी नागरिक रहेका छन् । हमासको आक्रमणमा परी इजरायलमा ११ जना अमेरिकी नागरिकको पनि मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । करिव ७ सय प्यालेस्टिनीको मृत्यु भएको छ भने दश जना नेपालीको पनि मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लडाकुहरुले एकसय भन्दा बढीलाई बन्धक बनाएको पनि दावी गरेका छन् । इजरायलले यसअघि नै गाजा क्षेत्रलाई सम्पूर्णरुपमा नियन्त्रमा लिन सेनालाई निर्देशन दिएको छ । हमास समूहले सुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा खानेकुरा, पानी, इन्धन, विदयुत लगायत सबै सेवा बन्द गर्न आदेश दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.