भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हमास विरुद्ध खनिए इजरायली प्रधानमन्त्री, कारबाही सुरु भएको घोषणा

हमास विरुद्ध खनिए इजरायली प्रधानमन्त्री, कारबाही सुरु भएको घोषणा

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासविरुद्ध सशक्त कार्बाही सुरु भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । हवाइ हमला जारी राखे बन्दीहरुको हत्या गरिदिने हमास लडाकुको धम्कीपछि इजरायलले विशेष सैन्य कारबाही थालेको छ । बन्दी मुक्त गर्न सबै सुरक्षात्मक उपाय लगाउने प्रधानमन्त्री नेतान्याहूले बताए ।

हमास लडाकु समूहको आक्रमणमा परी इजरायलतर्फ ९ सय जनाको मृत्यु भएको छ भने मृतकमध्ये केही विदेशी नागरिक रहेका छन् । हमासको आक्रमणमा परी इजरायलमा ११ जना अमेरिकी नागरिकको पनि मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । करिव ७ सय प्यालेस्टिनीको मृत्यु भएको छ भने दश जना नेपालीको पनि मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लडाकुहरुले एकसय भन्दा बढीलाई बन्धक बनाएको पनि दावी गरेका छन् । इजरायलले यसअघि नै गाजा क्षेत्रलाई सम्पूर्णरुपमा नियन्त्रमा लिन सेनालाई निर्देशन दिएको छ । हमास समूहले सुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा खानेकुरा, पानी, इन्धन, विदयुत लगायत सबै सेवा बन्द गर्न आदेश दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.