भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

होटलमा महिला र पुरूष मृत

होटलमा महिला र पुरूष मृत

रुपन्देही । बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत भेटिएका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।

तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरुको मृत्युको कारण अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । महिलाको थर र घरको पूरा ठेगाना खुल्न नसकेको उनको भनाइ छ । उनका श्रीमान विदेशतिर रहेको र एक, डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.