भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

होटल उद्योगको जगेर्ना गर्न सरकारसँग आग्रह

होटल उद्योगको जगेर्ना गर्न सरकारसँग आग्रह

काठमाडौं । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल हानले कोभिड–१९ का कारण प्रभावित बनेको होटल क्षेत्रको समस्याबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेटी सहजीकरणका लागि पहल गरिदिन अनुरोध गरेको छ ।

हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको प्रतिनिधि भण्डलले सिंहदरबारमा पर्यटनमन्त्रीसँग भेटगरी होटल उद्योगको जगेर्नाका लागि पहल गरिदिन अनुरोध गरेको हो । सरकारले बिजुलीको डिमान्ड शुल्क छुट दिने निर्णय गरे पनि पर्यटन क्षेत्रलाई नसमेटेकामा हानले चिन्ता व्यक्त गर्दै त्यसका लागि पहल गरिदिन पर्यटनमन्त्रीसँग अनुरोध गरेको हानले जनाएको छ ।

सो अवसरमा पर्यटनमन्त्री ढकालले व्यवसायीले उठाएको समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । होटल खोलिएपनि पर्यटक आउने अवस्था नरहेकाले तत्काल पर्यटन पुनरुत्थान सम्भव नरहेको भन्दै हानले आम्दानी शुन्य रहेको समयमा अधिकतम खर्च कर्मचारीको पारिश्रमिकमा जाने र विगत १० महिनादेखि कर्मचारीलाई नियमित भुक्तानी भइरहेको ऋणमाथि ऋण थप भइरहेको परिवेशमा अवका दिनमा कर्मचारीको व्यवस्थापनमा कठिनाइ हुने भन्दै सरकारी सहयोगको अपेक्षा गरिएको छ ।

बैंकबाट विभिन्न शीर्षकका ऋणको व्याज परिस्थिति अनुकूल नहुञ्जेलसम्मका लागि मिनाहा÷छुट÷समयसीमा थप्नुपर्ने माग पनि गरिएको छ । साथै होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा घोषणा गरी कार्यान्वयन ल्याउन भनिएको छ । हानले आफ्ना विभिन्न विषय र समस्यासहितको १४ बुँदे पत्र पर्यटनमन्त्रीलाई बुझाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.