भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

होटल उद्योगको जगेर्ना गर्न सरकारसँग आग्रह

होटल उद्योगको जगेर्ना गर्न सरकारसँग आग्रह

काठमाडौं । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल हानले कोभिड–१९ का कारण प्रभावित बनेको होटल क्षेत्रको समस्याबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेटी सहजीकरणका लागि पहल गरिदिन अनुरोध गरेको छ ।

हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको प्रतिनिधि भण्डलले सिंहदरबारमा पर्यटनमन्त्रीसँग भेटगरी होटल उद्योगको जगेर्नाका लागि पहल गरिदिन अनुरोध गरेको हो । सरकारले बिजुलीको डिमान्ड शुल्क छुट दिने निर्णय गरे पनि पर्यटन क्षेत्रलाई नसमेटेकामा हानले चिन्ता व्यक्त गर्दै त्यसका लागि पहल गरिदिन पर्यटनमन्त्रीसँग अनुरोध गरेको हानले जनाएको छ ।

सो अवसरमा पर्यटनमन्त्री ढकालले व्यवसायीले उठाएको समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । होटल खोलिएपनि पर्यटक आउने अवस्था नरहेकाले तत्काल पर्यटन पुनरुत्थान सम्भव नरहेको भन्दै हानले आम्दानी शुन्य रहेको समयमा अधिकतम खर्च कर्मचारीको पारिश्रमिकमा जाने र विगत १० महिनादेखि कर्मचारीलाई नियमित भुक्तानी भइरहेको ऋणमाथि ऋण थप भइरहेको परिवेशमा अवका दिनमा कर्मचारीको व्यवस्थापनमा कठिनाइ हुने भन्दै सरकारी सहयोगको अपेक्षा गरिएको छ ।

बैंकबाट विभिन्न शीर्षकका ऋणको व्याज परिस्थिति अनुकूल नहुञ्जेलसम्मका लागि मिनाहा÷छुट÷समयसीमा थप्नुपर्ने माग पनि गरिएको छ । साथै होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा घोषणा गरी कार्यान्वयन ल्याउन भनिएको छ । हानले आफ्ना विभिन्न विषय र समस्यासहितको १४ बुँदे पत्र पर्यटनमन्त्रीलाई बुझाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.