भर्खरै : Sorry, your browser does not support inline SVG.

होस्टल व्यवसायी संघ नेपालको वार्षिकोत्सव सम्पन्न, व्यवस्थित र मर्यादित सेवा प्रदान गर्ने विश्वास

होस्टल व्यवसायी संघ नेपालको वार्षिकोत्सव सम्पन्न, व्यवस्थित र मर्यादित सेवा प्रदान गर्ने विश्वास

काठमाडाैं ।  होस्टल व्यवसायी संघ नेपालकाे प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ ।  संघले विभिन्न कार्यक्रमकाे आयोजना गरी वार्षिकोत्सव मनाउने क्रममा राजधानीमा वृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रममा  ५४ जनाले रक्तदान गरे भने ४०० बढीले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए । रक्तदान गर्न र निःशुल्क स्वाथ्य परिक्षण गराउँन पाएकाे भन्दै सहभागिले खुसी व्यक्त गरेका थिए । संघकाे वार्षिकाेत्सव कार्यक्रममा रक्तदान गर्ने रक्तदाता र सेवाग्राहीलाई एभरेष्ट हस्पिटल प्रालिले उपचारमा ३० प्रतिशत छुट दिएकाे थियाे भने संघका कार्यवाहक अध्यक्ष रुपाली पौडेलले उनीहरूलाई धन्यवाद दिएकी थिइन् ।

होस्टल भन्नाले विशुद्व खान र बस्नका लागि मात्र नभई एक असल अभिभावकत्व प्रदान गर्ने सस्था भएकाे संघका केन्द्रीय सदस्य तथा साझा ब्वाइज होस्टेलका रमा योगीले बताइन् । व्यवस्थित र मर्यादित सेवा प्रवाह गर्नु होस्टल संचालककाे प्रमुख दायित्व भएकाे  उनकाे भनाइ छ ।

बेराेजगार भएर विदेश हानिने युवाकाे अगाडि होस्टल व्यवसायले धेरैलाई  स्वरोजगार बनाएकाे उदाहरण याेगीले दिइन् । होस्टलमा १६ देखि २५ वर्ष उमेर समूहका विद्यार्थी बस्ने भएकाले उनीहरुको विशेष हेरचाह गर्नु व्यवसायीकाे दायित्व भएकाे योगीकाे जिकिर छ ।

हाेस्टलमा गाउँ र शहरका विद्यार्थी पढ्न बस्ने भएकाले नयाँ रहन सहनमा घुलमिल हुन र उनीहरुलाई असल संस्कार दिन चुनौतीका रूपमा लिएको संघका सस्थापक अध्यक्ष एवं सल्लाहकार चेतन दाहालकाे भनाइ छ ।

हाेस्टल बस्ने विद्यार्थीलाई स्वास्थ्य बिमा गर्नुपर्ने संघका सस्थापक उपाध्यक्ष एवं सल्लाहकार सुनिल भेटवालले बताए । एभरेष्ट हस्पिटल प्रा.लि. नयाँबानेश्वर र हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरको सहकार्यमा सम्पन्न बृहत रक्तदान कार्यक्रममा होस्टल व्यवसायी संघका महासचिव किरन शर्मा, हिमाल ब्लड बैंकका इनचार्ज किरण योगी,

एभरेष्ट हस्पिटल प्रा. लि.का प्रमुख प्रशासकीय अधिकृत दिपक चन्द्र बराल, प्रमुख अतिथि का.म.पा. वडा नं. १०का वडाध्यक्ष राम कुमार के.सी, संघका कार्यवहाक अध्यक्ष, रुपाली पौडेलले रक्तदातालाई  प्रशंसा पत्रले सम्मान गरेका थिए ।

तस्वीरमा…

   

 


Thali Mobile Pvt.Ltd.