काठमाडौं । देशैभरका नदीमा बहाव बढ्ने भन्दै असोज ११ गतेसम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । असोज ७ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा उच्च बहाव हुने पूर्वानुमान गरिएको छ ।
सम्भावित क्षतिबाट जोगिन असोज नदी टटीय क्षेत्रमा कृयाकलाप नगर्न वा गर्नैपरे सतर्कता साथ गर्न महाशाखाले अनुरोध गरेको हो ।बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
