काठमाडौँ । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको काज सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरिएको हो । मन्त्रालयले २ सहसचिव र ५ उपसचिवसहित १६ कर्मचारीको सरुवा गरेको हो ।