भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

२१ वर्ष माथिकालाई हतियार बेचौंः राष्ट्रपति जो बाइडेन

२१ वर्ष माथिकालाई हतियार बेचौंः राष्ट्रपति जो बाइडेन

एजेन्सी । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेको भन्दै राष्ट्रपति जो बाइडेनले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने जोडदार आवाज उठाएका छन् ।

हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्ने उनको जोड छ । हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ । बाइडेनले भने, ‘हामीले घातक हतियारमा प्रतिबन्ध लगाउन आवश्यक छ, यदि हामीले त्यसो गर्न सक्दैनौं भने २१ वर्ष नपुगेकालाई हतियार बेच्न हुँदैन ।’

हालै टेक्सासको उभल्देस्थित रोब प्राथमिक विद्यालयमा भएको गोलाबारीमा १९ बालबालिकासहित कैयौँको मृत्यु भएको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले हतियारमा प्रतिबन्ध लगाउन र त्यसो गर्न नसकिए खरिदको उमेर बढाउनुपर्नेमा जोड दिए ।

बालबालिका र परिवारको सुरक्षाका साथै समुदायको रक्षाका लागि त्यसो गर्न जरुरी भएको उल्लेख गर्दै राष्ट्रपतिले कसैको बन्दुक खोस्ने नभएको स्पष्ट पारे ।

भयरहित वातावरणमा विद्यालय, किराना पसल, गिर्जाघर जतासुकै स्वच्छन्द रुपमा जान पाउने अधिकार र स्वतन्त्रताको रक्षाका लागि बन्दुक खरिदको न्यूनतम उमेर बढाउनुपर्ने तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.