भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

२२ युक्रेनी ड्रोन खसालेको रूसको दाबी

२२ युक्रेनी ड्रोन खसालेको रूसको दाबी

मास्को । रूसको पश्चिम र क्रिमियामा आइतबार रातभरमा २२ युक्रेनी ड्रोन खसालेको रूसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ । जिम्मेवारीमा रहेका हवाई रक्षा प्रणालीहरूले २२ वटा युएभी नष्ट गरी रोकेको मन्त्रालयले टेलिग्राम पोस्टमार्फत दिएको सूचनामा उल्लेख छ । मन्त्रालयका अनुसार रूसी सीमा क्षेत्र ब्रायन्स्कमा १५, क्रिमियामा छ र लिपेट्स्कमा एउटा ड्रोन खसालिएको थियो ।

कुस्र्कका गभर्नरले यसबाहेक कुस्र्कमा थप तीन युक्रेनी ड्रोन खसालिएको बताए । युक्रेनले यस वर्ष रूसी भूभागमा आफ्ना आक्रमणहरू बढाएको छ, यसले रूसको सेनालाई इन्धन पुर्याउने दुवै ऊर्जा स्थलहरू,साथै सीमापारका सहर र गाउँहरूलाई लक्षित गरेको छ । दुवै पक्षले सन् २०२२ फेब्रअरीमा सुरु भएको द्वन्द्वमा व्यापक रूपमा सयौं किलोमिटर फैलिएको क्षेत्रमा व्यापक ‘सेल्फ–डिटोनेटिङ क्राफ्ट’सहित ड्रोन प्रयोग गर्ने गरेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.