भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम ६ महिनायताकै उच्च

शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम ६ महिनायताकै उच्च

काठमाण्डौ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ विन्दुमा झरेको छ । जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

जानकी फाइनान्स कम्पनीको शेयर आज १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिभिल बैंकको डिबेन्चर २०८८ र मान्डु जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । बजार घटे पनि आज कारोबार रकम भने उल्लेख्य बढेर छ महिनायताकै उच्च भएको छ ।

यसअघि गएको माघ २ गते आठ अर्ब दुई करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज तीन सय २२ वटा कम्पनीका दुई करोड ५० लाख कित्ता शेयर आठ अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.