भर्खरै : Sorry, your browser does not support inline SVG.

२३ करोड मूल्यका च्याङग्रा विक्री

२३ करोड मूल्यका च्याङग्रा विक्री

मुस्ताङ । दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

यस वर्ष दशैका लागि पाँच हजार ७ सय ५५ च्याङग्रा निकासी भएको केन्द्रका प्रमुख ऋषिराम पोखरेलले बताए । मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७ सय ५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनको भनाइ छ ।

गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो । च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ ।

च्याङग्रा खरीद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए । प्रतिगोटा ४० हजारको हाराहारीमा च्याङग्रा बिक्री गरेको किसानले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.