काठमाडौं । बलिउड नायिका प्रिति जिन्टाले जुम्ल्याहा बच्चा पाएकी छन् । ४६ बर्षको उमेरमा दुई सन्तानकी आमा बनेकी हुन । सामाजिक सञ्जालमा सबैलाई प्रिति आफैंले जानकारी दिएकी हुन् ।
सोसल मिडिया पोस्ट गर्दै प्रितिले आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छन् । इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर प्रितिले यसबारे जानकारी दिएकी हुन् । प्रितिले भनेकी छिन्, ‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु ।
म र जीन असाध्यै धेरै खुसी छौं । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् ।
