भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

७९ जना यात्रु सवार श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण

७९ जना यात्रु सवार श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौं । श्रीएअरलाईन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले बताए ।

नेपालगञ्जबाट काठमाडौँतर्फ उडेको ९ एन— एएनएफ ४३२ नं को श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण भएको हो । सो जहाजमा सवार ७९ जना यात्रु सबै सकुशल रहेको प्रमुख चौधरीले बताए ।

काठमाठौँबाट इञ्जिनीयरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्ने चौधरीले बताए । जहाजको अवतरणका क्रममा ‘फूल इमर्जेन्सी’ व्यवस्था गरिएकोले जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक चाँच सुरू भएको विमानस्थल कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.