भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

७९ जना यात्रु सवार श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण

७९ जना यात्रु सवार श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौं । श्रीएअरलाईन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले बताए ।

नेपालगञ्जबाट काठमाडौँतर्फ उडेको ९ एन— एएनएफ ४३२ नं को श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण भएको हो । सो जहाजमा सवार ७९ जना यात्रु सबै सकुशल रहेको प्रमुख चौधरीले बताए ।

काठमाठौँबाट इञ्जिनीयरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्ने चौधरीले बताए । जहाजको अवतरणका क्रममा ‘फूल इमर्जेन्सी’ व्यवस्था गरिएकोले जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक चाँच सुरू भएको विमानस्थल कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.