भर्खरै : Sorry, your browser does not support inline SVG.

८० लाख रुपैयाँ ठगीको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिक काठमाडौं बाट पक्राउ

८० लाख रुपैयाँ ठगीको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिक काठमाडौं बाट पक्राउ

काठमाण्डौ । पाकिस्तानी र अजरबैजनी नागरिक काठमाडौं बाट पक्राउ परेका छन् । झन्डै ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन । पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिने भनी श्रम स्वीकृति लगायतका नक्कली कागजात देखाएर विश्वासमा पारेर ठगी गर्ने योजना बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको रावलपिन्डी घर भई ठमेल बस्ने नाजिर मोहम्मद र अजरबैजनका आयसेल हुसेनिललाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयले जनाएको छ । नाजिर र आयसेलले ८० लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुले विदेश पठाउने प्रक्रियाका लागि लाग्ने खर्च प्रतिव्यक्ति एक हजार अमेरिकी डलर लिने गरेको, नक्कली ‘अफर लेटर’, श्रम स्वीकृति, भिसा लगायतका कागजात देखाई रकम पठाउन लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको जनाइको छ ।

 


Thali Mobile Pvt.Ltd.