भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

बाढीमा परेर भारतको सिक्किममा १४ जनाको मृत्यु

बाढीमा परेर भारतको सिक्किममा १४ जनाको मृत्यु

एजेन्सी । भारतको सिक्किम बाढीमा परेर १४ जनाको ज्यान गएको छ । उक्त राज्यको उत्तरी क्षेत्रमा रहेको ल्होनाक ताल फुटेर आएको बाढीका कारण सेनाका २२ जवानसहित एक सय २ जना बेपत्ता भएका छन् । भवन र गाडीमा समेत क्षति पुगेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गर्दै आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिएका छन् । पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सयौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।

बेपत्ताको खोजी र उद्धारका काम भैरहेको खोज र उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सिक्किम राज्य सरकारले बुधबार बिहान ताल फुटेर टिस्टा नदीमा ठूलो बाढी आएपछि विभिन्न भागमा तीन हजारभन्दा धेरै पर्यटकहरू फसेका जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.