भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

९० लाखको ९३ क्याप्सुल लागू औषध खैरो हेरोइन पेटमा बाक्ने लामा विमानस्थलबाटै पक्राउ

९० लाखको ९३ क्याप्सुल लागू औषध खैरो हेरोइन पेटमा बाक्ने लामा विमानस्थलबाटै पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागू औषध व्यूरोले विहिबार अनौठो घटना सार्वजनिक गरेको छ । व्यूरोले विहिबार धादिङका दावा लामाको पेटबाट खैरो हेरोइन निकालेर अनौठो घटना सार्वजनिक गरेको हो । धादिङका ४९ वर्षीय दावा लामा तामाङ मार्च २९ मा काठमाडौँबाट दुबईका लागि रमाना भए । दुबईमा दावाले होनीमाया तामाङसँग भेटे र अप्रिल ४ मा दुबईदेखि उनी पाकिस्तानको लाहोर रमाना भए । यो बीचमा उनलाई विभिन्न देश जाने मेसो नेपालमै बसेर होनिमाया तामाङले मिलाई रहेकी थिइन ।lagu aausad

दावा विभिन्न देशमा कुनै किसिमको भ्रण गर्न होइन उनको मिसन थियो लागू औषध हेरोइनको कारोबार गर्ने । त्यही मिसन अनुसार उनी पाकिस्तानबाट दुबई हुँदै नेपाल पुगेका थिए । उनी पाकिस्ताको फैसलावादमा पुगेपछि उनलाई लागू औषधको क्याप्सुल दिइएको थियो । लामा ९० लाखको हेरोइन ९ सय ग्राम आफ्नै शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आउन सफल भए । उनी जव अप्रिल ८ मा त्रिभुवन विमानस्थल ओर्लिए त्याहा जालवाज नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोको टोली पर्खिरहेको थियो । दावा विमानस्थल ओर्लिने बित्तिकै नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको टोलीले दावाले नियन्त्रणमा लियो ।lagu aausad

लागू औषध नियन्त्रण व्यूरोको टोलीले दावाको शरीर तथा लगेज चेक गर्दा लागू औषध फेला नपरेपछि व्यूरोको टोली अच्चममा पर्‍याे । तर, प्रहरी ढुक्क थियो कि उनले लागू औषध बोकेर आएका छन् भन्ने कुरामा । नेपाल प्रहरीको अस्पतालमा दावालाई सामान्य एक्सरे गर्दा उनको शरीरमा केही देखिएन तर जव उनलाई सिटी स्क्यानले स्क्यान गर्‍याे तव प्रहरी नै चकित पर्‍याे ।lagu aausad

उनले औषधि खान दिइयो र दुई दिनसम्म उनको शरीरबाट लागू औषध हेरोइनका ९३ वटा क्याप्सुल निकालिएको नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका प्रमुख एसएसपी दिलिप चौधरीले जानकारी दिए । जफत भएको लागू औषधको बजार मूल्य ९० लाख रुपैयाँभन्दा माथि पर्ने ९ सय ग्राम लागू औषध जफत भएको एसएसपी चौधरीले जानकारी दिए ।lagu aausad

लामा यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परि ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका लामा फेरि उस्तै प्रकरणमा पक्राउ परेका हुन् । उनी र उनका सहयोगिहरु थप अनुसन्धान भइरहेको व्यूरो प्रमुख चौधरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.