भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ख्वप नर्सिङमा शतप्रतिशत सफलता, ३६ जना विशिष्ट श्रेणीमा उत्तीर्ण

ख्वप नर्सिङमा शतप्रतिशत सफलता, ३६ जना विशिष्ट श्रेणीमा उत्तीर्ण

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा लिइएको नर्सिङ दोस्रो वर्षको परीक्षामा ख्वप बहुप्राविधिक अध्ययन संस्थानले शतप्रतिशत सफलता हासिल गरेको छ।

२०८१ सालमा सञ्चालन गरिएको उक्त परीक्षाको नतिजा परिषद्ले हालै सार्वजनिक गरेको हो। परीक्षामा ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट ३९ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये सबै विद्यार्थी उत्कृष्ट अंकसहित सफल भएका छन्।

परीक्षामा सर्वाधिक अंक ९०.७ प्रतिशत रहेको संस्थानले जनाएको छ। ३९ जना विद्यार्थीमध्ये ३६ जनाले विशिष्ट श्रेणीमा तथा ३ जनाले प्रथम श्रेणीमा सफलता प्राप्त गरेका छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यस संस्थानले विगत केही वर्षयता नर्सिङ शिक्षामा उल्लेखनीय प्रगति गर्दै आइरहेको छ।

संस्थाका विद्यार्थीहरूद्वारा प्राप्त यो नतिजा गुणस्तरीय शिक्षा र उत्कृष्ट पठनपाठन प्रणालीको प्रमाण हो । स्थानीय तहबाट सञ्चालित शिक्षण संस्थाहरूले उच्च सफलता हासिल गर्नु सार्वजनिक शिक्षाको सम्भावना र विश्वासलाई थप बलियो बनाएको जानकारहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.