भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ख्वप नर्सिङमा शतप्रतिशत सफलता, ३६ जना विशिष्ट श्रेणीमा उत्तीर्ण

ख्वप नर्सिङमा शतप्रतिशत सफलता, ३६ जना विशिष्ट श्रेणीमा उत्तीर्ण

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा लिइएको नर्सिङ दोस्रो वर्षको परीक्षामा ख्वप बहुप्राविधिक अध्ययन संस्थानले शतप्रतिशत सफलता हासिल गरेको छ।

२०८१ सालमा सञ्चालन गरिएको उक्त परीक्षाको नतिजा परिषद्ले हालै सार्वजनिक गरेको हो। परीक्षामा ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट ३९ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये सबै विद्यार्थी उत्कृष्ट अंकसहित सफल भएका छन्।

परीक्षामा सर्वाधिक अंक ९०.७ प्रतिशत रहेको संस्थानले जनाएको छ। ३९ जना विद्यार्थीमध्ये ३६ जनाले विशिष्ट श्रेणीमा तथा ३ जनाले प्रथम श्रेणीमा सफलता प्राप्त गरेका छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यस संस्थानले विगत केही वर्षयता नर्सिङ शिक्षामा उल्लेखनीय प्रगति गर्दै आइरहेको छ।

संस्थाका विद्यार्थीहरूद्वारा प्राप्त यो नतिजा गुणस्तरीय शिक्षा र उत्कृष्ट पठनपाठन प्रणालीको प्रमाण हो । स्थानीय तहबाट सञ्चालित शिक्षण संस्थाहरूले उच्च सफलता हासिल गर्नु सार्वजनिक शिक्षाको सम्भावना र विश्वासलाई थप बलियो बनाएको जानकारहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.