भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा जुलुस र सभा हुने

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा जुलुस र सभा हुने

भक्तपुर । “विश्वका कामदार जनता एक हौं”भन्ने मूल नाराका साथ १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा नेपाल क्रान्तिकारी मजदुर संघ, भक्तपुरले विशेष जुलुस तथा सभाको आयोजना गर्ने भएको छ।

श्रमिक वर्गको अधिकार, एकता र जागरणको सन्देश दिनका लागि आयोजना गरिने यो कार्यक्रम २०८२ साल बैशाख १७ गते, बुधबारका दिन सम्पन्न हुनेछ।
भक्तपुरको सूर्यमढीबाट दिउँसो २ः३० बजे सुरु हुने जुलुसमा श्रमिक, मजदुरहरुलाई सहभागिहुन संघले आह्वान गरेको छ ।

जुलुस तेखापुखुमा दिउँसो ३ः३० बजे बृहत् सभामा परिणत हुनेछ। सभामा श्रमिक अधिकारका सन्दर्भमा विभिन्न वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाल क्रान्तिकारी मजदुर संघले श्रमिक दिवसलाई जनताको संघर्ष, एकता र सामाजिक न्यायको आन्दोलनका रूपमा लिन उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरेको छ।

कार्यक्रममार्फत श्रमिक वर्गका मुद्दा, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था र श्रमिकमैत्री नीति निर्माणमा दबाब सिर्जना गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.