भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा जुलुस र सभा हुने

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा जुलुस र सभा हुने

भक्तपुर । “विश्वका कामदार जनता एक हौं”भन्ने मूल नाराका साथ १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा नेपाल क्रान्तिकारी मजदुर संघ, भक्तपुरले विशेष जुलुस तथा सभाको आयोजना गर्ने भएको छ।

श्रमिक वर्गको अधिकार, एकता र जागरणको सन्देश दिनका लागि आयोजना गरिने यो कार्यक्रम २०८२ साल बैशाख १७ गते, बुधबारका दिन सम्पन्न हुनेछ।
भक्तपुरको सूर्यमढीबाट दिउँसो २ः३० बजे सुरु हुने जुलुसमा श्रमिक, मजदुरहरुलाई सहभागिहुन संघले आह्वान गरेको छ ।

जुलुस तेखापुखुमा दिउँसो ३ः३० बजे बृहत् सभामा परिणत हुनेछ। सभामा श्रमिक अधिकारका सन्दर्भमा विभिन्न वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाल क्रान्तिकारी मजदुर संघले श्रमिक दिवसलाई जनताको संघर्ष, एकता र सामाजिक न्यायको आन्दोलनका रूपमा लिन उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरेको छ।

कार्यक्रममार्फत श्रमिक वर्गका मुद्दा, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था र श्रमिकमैत्री नीति निर्माणमा दबाब सिर्जना गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.