भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु

विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु

एजेन्सी । पछिल्लो एक दशकमा एक बर्षमा भएको सबैभन्दा बढी आप्रवासीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले पछिल्लो एक दशकमा विश्वभर ७२ हजारभन्दा बढीको मृत्यु भएको वा वेपत्ता पारिएका व्यक्तिको अभिलेखीकरण गरिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले विज्ञप्ति जारी गर्दै असुरक्षा, अवसरको अभाव र अन्य दबाबका कारण र घरमा सुरक्षित वा व्यवहारिक विकल्प नहुँदा मानिसहरूले आफ्नो ज्यान जोखिममा पारेको दुःखद स्मरण गराएको हो ।

आईओएमको वेपत्ता आप्रवासीको रिपोर्टमा भनिएको छ, मानवीय सङ्कटबाट हजारौं अफगानी, रोहिङ्ग्या र सिरियाली नागरिकको मृत्यु भएको छ र प्रभावित मुलुकका चार जनामध्ये एक जना ती मुलुकका नागरिक रहेका छन्। संयुक्त राष्ट्रसङ्घको सङ्कट प्रतिकार्य योजना वा मानवीय प्रतिकार्य योजना रहेको विश्वका ४० देशमध्ये एकबाट भाग्ने क्रममा ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

सन् २०१४ यता विश्वव्यापी रूपमा भएका सबै आप्रवासी मृत्यु र बेपत्तामध्ये करिब तीन चौथाइ मानिस असुरक्षा, द्वन्द्व, विपद् र अन्य मानवीय सङ्कटबाट भागेर आएको उनको संयुक्त राष्ट्रसङ्घीय निकायको प्रतिवेदनमा उल्लेख छ।

म्यान्मामा उत्पीडनमा परेका रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका तीन हजार १०० भन्दा बढी सदस्यको मृत्यु भएको थियो। आईओएमको मिसिङ माइग्रेन्ट प्रोजेक्टकी संयोजक तथा प्रतिवेदनकी लेखिका जुलिया ब्ल्याकले भने, प्रायजसो आप्रवासीहरू दरारबाट गुज्रन्छन्।

 


Thali Mobile Pvt.Ltd.