भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु

विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु

एजेन्सी । पछिल्लो एक दशकमा एक बर्षमा भएको सबैभन्दा बढी आप्रवासीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले पछिल्लो एक दशकमा विश्वभर ७२ हजारभन्दा बढीको मृत्यु भएको वा वेपत्ता पारिएका व्यक्तिको अभिलेखीकरण गरिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले विज्ञप्ति जारी गर्दै असुरक्षा, अवसरको अभाव र अन्य दबाबका कारण र घरमा सुरक्षित वा व्यवहारिक विकल्प नहुँदा मानिसहरूले आफ्नो ज्यान जोखिममा पारेको दुःखद स्मरण गराएको हो ।

आईओएमको वेपत्ता आप्रवासीको रिपोर्टमा भनिएको छ, मानवीय सङ्कटबाट हजारौं अफगानी, रोहिङ्ग्या र सिरियाली नागरिकको मृत्यु भएको छ र प्रभावित मुलुकका चार जनामध्ये एक जना ती मुलुकका नागरिक रहेका छन्। संयुक्त राष्ट्रसङ्घको सङ्कट प्रतिकार्य योजना वा मानवीय प्रतिकार्य योजना रहेको विश्वका ४० देशमध्ये एकबाट भाग्ने क्रममा ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

सन् २०१४ यता विश्वव्यापी रूपमा भएका सबै आप्रवासी मृत्यु र बेपत्तामध्ये करिब तीन चौथाइ मानिस असुरक्षा, द्वन्द्व, विपद् र अन्य मानवीय सङ्कटबाट भागेर आएको उनको संयुक्त राष्ट्रसङ्घीय निकायको प्रतिवेदनमा उल्लेख छ।

म्यान्मामा उत्पीडनमा परेका रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका तीन हजार १०० भन्दा बढी सदस्यको मृत्यु भएको थियो। आईओएमको मिसिङ माइग्रेन्ट प्रोजेक्टकी संयोजक तथा प्रतिवेदनकी लेखिका जुलिया ब्ल्याकले भने, प्रायजसो आप्रवासीहरू दरारबाट गुज्रन्छन्।

 


Thali Mobile Pvt.Ltd.