भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

कक्षा १२ को नतिजा सार्वजनिक,५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक,५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौंं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।

यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८ दशमलव २६ प्रतिशत र २०७६र०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गएको वैशाख १४ गतेदेखि शुरु भएको परीक्षामा जम्मा चार लाख ९१ हजार चार सय ९७ जना विद्यार्थी सहभागी थिए । अघिल्लो वर्षको परीक्षामा २०७९ सालमा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.