भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

प्रेम विवाहको विषयलाई लिएर झडप हुँदा १९ जना घाइते

प्रेम विवाहको विषयलाई लिएर झडप हुँदा १९ जना घाइते

काठमाण्डौ । दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा युवायुवतीबीच प्रेम विवाहको विषयलाई लिएर झडप हुँदा १९ जना घाइते भएका हुन ।

झडपमा घाइते भएका पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धवलको भैरहवामा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनीसमेत भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवलपरासीको घटना अनि पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पटक पटक झडप हुँदै आएकोतर्फ सांसद अमरेशकुमार सिंहले भीड देख्नेबित्तिकै गोली चलाउने प्रवृत्ति रोकिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

अवस्थालाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास र तीन राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । सोमबार बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको र त्यही विषयलाई लिएर मंगलबार बिहान तनावको अवस्था बनेको थियो । अवस्थालाई सामान्य बनाउन रुपन्देहीबाट समेत थप प्रहरी खटिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.