भर्खरै : Sorry, your browser does not support inline SVG.

हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक तिनिधिसभा बैठकमा प्रस्तुत

हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक तिनिधिसभा बैठकमा प्रस्तुत

काठमाण्डौ । नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ तिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।

नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रस्तुत गरेका हुन ।

नेपालमा पछिल्लो डेढ दशकदेखि उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय छुट्याउने बहस शुरू भए पनि यो काम सम्पन्न हुन सकेको थिएन । गएको पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले दुइटै विधेयकलाई संसद्मा पेश गर्ने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.