भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

ख्वपको प्रगतिलाई रोक्ने काम शासकहरुबाट भइरहेको छः मेयर सुनिल प्रजापति

ख्वपको प्रगतिलाई रोक्ने काम शासकहरुबाट भइरहेको छः मेयर सुनिल प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्यको बजेट कटौती हुनु आफैमा निन्दनीय विषय भएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल र ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै स्वास्थ्य संगठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि मात्र बजेट हुनुपर्नेमा नेपाल सरकारले आ.व. २०८०–८१ मा ४.८ प्रतिशत मात्र बजेट विनियोजन गर्नु निन्दनीय भएको बताउनुभएको हो ।

‘अस्पतालको भौतिक संरचना राम्रो हुँदैमा त्यसबाट प्रवाहित हुने सेवा सुविधा राम्रो हुन्छ भन्ने होइन’ भन्दै उहाँले त्यहाँ कार्यरत कर्मचारीहरुमा सेवा गर्ने भावना र आवश्यक स्वास्थ्य उपकरण राम्रो बन्दोबस्तले संस्था सञ्चालनमा कुनै समस्या नहुने बताउनुभयो । भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय सम्बन्धनको ढिलाइले ख्वपको प्रगतिलाई रोक्ने काम शासकहरुबाट भइरहेको बताउँदै उहाँले जनतामा काम गर्ने उत्साह भयो भने देशको विकास र प्रगतिले द्रत गति लिने बताउनुभयो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा अमेरिकी सहयोग युएसएड बन्द गर्ने घोषणा नेपालको हितमा रहेको बताउँदै कसैको सहयोगले विकास गर्ने परनिर्भर सोचले देशलाई कहिल्यै अगाडि बढ्न नदिने धारणा राख्नुभयो । देशलाई समृद्ध बनाउन आत्मनिर्भरतालाई जोड दिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले आफू जुनसुकै पेशा व्यवसायमा बसेर काम गरे पनि जनताको हित र पक्षमा काम गर्नुपर्ने बताउँदै भक्तपुर नपाले आत्मनिर्भरतालाई जोड दिनु नै यहाँको सबल पक्ष सावित भएको बताउनुभयो ।

नेपालमा ६० हजार ४ सय भन्दा बढी एन।जिओ र आइ।एन।जी।ओ।हरु सञ्चालनमा रहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले जसमध्ये ६० प्रतिशतभन्दा बढी संस्थामा एमालेनिकट नेता तथा कार्यकर्ताहरुको संलग्नता रहेको उहाँले बताउनुभयो । नेपालको संघीयता आयातित हो भन्ने विषय अहिले प्रष्ट हुँदै गएको बताउँदै सांसद सैंजुले एमसीसी सम्झौता नेपालको हितअनुकूल नभएको धारणा राख्नुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले जनताप्रति उत्तरदायी संस्थामा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुको जिम्मेवारी र दायित्व अझ व्यापक हुने बताउँदै गरिब जनतालाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले कलेज तथा अस्पताल सञ्चालन गरेको बताउनुभयो । कर्मचारीहरुलाई जनताको पक्षमा काम गर्ने विषयमा निरन्तर लागिरहन प्रेरित गर्दै देशकै प्रतिष्ठित संस्थामा काम गर्नु नै गौरवको विषय हो भन्नुभयो ।

कार्यक्रममा ख्वप अस्पालका निमित्त मेडिकल डाइरेक्टर डा। मजेशप्रताप मल्लले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुबाट उत्पादित जनशक्तिले देशका विभिन्न क्षेत्रमा रही इमानदारीपूर्वक सेवा गर्दै आएको बताउँदै कर्मचारीहरु ‘क्षणिक सुखमा रमाउने होइन, समाजलाई कसरी आफ्नो तर्फबाट योगदान गर्न सकिन्छ’ भन्ने विषयमा चिन्तन गर्नुपर्ने विचार राख्नुभयो । कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा.रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.