सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु

सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु

मोरङ । सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । रतुवामाईमा भएको दुर्घटनामा पैदल यात्रा गरिरहेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मे ११ प ५४५५ नम्बरको मोटरसाइकलले रतुवामाई नगरपालिका–३ स्थित भित्री सडक खण्डमा महिलालाई बुधबारसाँझ ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलको ठक्करबाट रतुवामाई–३ की ६० वर्षीया चिन्तीदेवी ताजपुरीयाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.