भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं, ४ साउन । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न सडक खण्डमा पहिरो पन्छाइएपछि दुईतर्फी सवारी सञ्चालन पुनः सुरु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा सोमबार बिहान पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड केही समय अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरो हटाएपछि उक्त खण्डमा यातायात सञ्चालनमा आएको हो ।

यस्तै धादिङको जवाङ खोलामा खसेको पहिरोका कारण अवरुद्ध भएको सडक पनि सफा गरिएपछि दुवैतर्फ सवारी सञ्चालन सुरु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सडक खुलेसँगै नारायणगढ–मुग्लिन हुँदै पोखरातर्फ जाने तथा पोखराबाट काठमाडौं आउने–जाने सवारीसाधन नियमित रूपमा सञ्चालन हुन थालेका छन् ।

प्रशासनले भने निरन्तर वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेकाले यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.