भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं, ४ साउन । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न सडक खण्डमा पहिरो पन्छाइएपछि दुईतर्फी सवारी सञ्चालन पुनः सुरु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा सोमबार बिहान पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड केही समय अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरो हटाएपछि उक्त खण्डमा यातायात सञ्चालनमा आएको हो ।

यस्तै धादिङको जवाङ खोलामा खसेको पहिरोका कारण अवरुद्ध भएको सडक पनि सफा गरिएपछि दुवैतर्फ सवारी सञ्चालन सुरु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सडक खुलेसँगै नारायणगढ–मुग्लिन हुँदै पोखरातर्फ जाने तथा पोखराबाट काठमाडौं आउने–जाने सवारीसाधन नियमित रूपमा सञ्चालन हुन थालेका छन् ।

प्रशासनले भने निरन्तर वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेकाले यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.