भक्तपुर । आठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८०-०८१ हुने भएको छ ।
औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा भक्तपुर जिल्लामा आठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०८०-८१ को आयोजना हुने भएको हो ।
ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारी तीनकुने स्थित १०८ रोपनी चौरमा विगत वर्षहरमा जस्तै विज्ञान रुपमा यही चैत २२ गते बिहिबारदेखि २०६१ साल वैशाख २ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने मेलाका संयोजक दिपक थापाले जाकारी दिनुभयो ।
महोत्सवमा २०० भन्दा बढी स्टल रहने छन । महोत्सवमा करिव पाँच लाख भन्दा बढी उपभोक्ताको आगमन हुने र १० देखि १२ करोडसम्मको कारोवार हुने अपेक्षा गरिएको थापाले बताउँनुभयो । महोत्सवमा दैनिक जीवनको प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु विक्रीका लागि राखिने छन् ।
एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव, दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, फेशन व्याप तथा नृत्यहरु, नृत्य प्रतियोगिता, विभिन् ख्याती प्राप्त कलाकारहेका बेजोड प्रस्तुतीले महोत्सवलाई थप आकर्षण हुनेछ ।
ड्रागन बेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा गीत गायनको बजेट प्रस्तुती रहने औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतको भनाई छ।
मेलामा विक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले समेत यसबाट लाभ लिन सक्नेछन् । महोत्सवलाई व्यवस्थित गर्न रु ५० र रु ७० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । यद्यपी विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यबस्था गरिएको छ।
महोत्सवकै अवसरमा नयाँ वर्षको सन्दर्भ पारेर वैशाख ३ गते भने ख्याती प्राप्त गायक गायिकाको बेजोड प्रस्तती, विभिन्न ख्याती प्राप्त कलाकारहरुको कमेडीसहितको विशेष साँस्कृतिक कार्यक्रम समेत रहेको छ ।
उक्त कार्यक्रमलाई र २०० प्रवेश शुल्क कायम गरिएको आयोजकको भनाई छ। औधोगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, प्रविधि सम्बन्धी गतिबिधि, अटो मोवाइल प्रर्दशनी, विद्युतीय मेशिन कृषि औजार प्रर्दशनी, मोबाईल तथा ईलेक्ट्रॉनिक्स सामानको प्रर्दशनी, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुडाको प्रर्दशनी एवं विक्रीका लागि रहनेछ।

