भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

राजनीतिक हस्तक्षेपका कारण रोकिएको अनुसन्धान अहिले अघि बढ्यो

राजनीतिक हस्तक्षेपका कारण रोकिएको अनुसन्धान अहिले अघि बढ्यो

काठमाडौं । राजनीतिक हस्तक्षेपका कारण रोकिएको अनुसन्धान फाइल अहिले फेरि अघि बढेको छ । सीआईबीले डेढ महिनाअघि बाँसबारी जग्गा अनियमितताको फाइलमा हात हालेर अनुसन्धानका क्रममा चौधरी समूहलाई तानेको छ । कांग्रेस सांसद विनोद चौधरीसँग सीआईबीले बिहीबार बयान पनि लिएको छ ।

विनोदका माहिला भाइ बसन्त चौधरीसँग पनि सीआईबीले बयान लिइसकेको छ । कान्छा भाइ अरुण चौधरी त पक्राउ नै परेका थिए । तर जिल्ला अदालतको आदेशपछि अरुण हाजिर जमानीमा रिहा भए । सरकारले २०२२ सालमा दर्ता गरेको उद्योग हो बाँसबारी छालाजुत्ता कारखाना । २०४२ सालमा ‘च्याम्पियन फुट वयेर’ नामको चौधरी समूहले नयाँ उद्योग खोल्यो ।

चौधरी समूहले बाँसबारीका सञ्चालकलाई प्रभावित पारेर सरकारी जग्गामा अर्को जुत्ता उद्योग खोल्ने प्रस्ताव गरेर सम्झौता गर्यो । च्याम्पियन फुट वेयरले बाँसबारीको १० रोपनी जग्गा आफ्नो नाममा ल्यायो । पछि च्याम्पियनमा रहेको बाँसबारीको शेयर पनि चौधरी समूहका अरुणकुमार चौधरीले किने । त्यसपछि च्याम्पियन पूर्णरूपमा चौधरी समूहले कब्जा जमायो ।

१८ रोपनी जग्गा हस्तान्तरण गर्ने सम्झौता भएपनि १० रोपनी जग्गामात्रै नामसारी भयो, स्थानीयले आन्दोलन र विरोध गरेका कारण ८ रोपनी जग्गा चौधरी समूहले नामसारी गर्न पाएन । त्यो जग्गामा हाल फुटबल मैदान बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.