भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राजनीतिक हस्तक्षेपका कारण रोकिएको अनुसन्धान अहिले अघि बढ्यो

राजनीतिक हस्तक्षेपका कारण रोकिएको अनुसन्धान अहिले अघि बढ्यो

काठमाडौं । राजनीतिक हस्तक्षेपका कारण रोकिएको अनुसन्धान फाइल अहिले फेरि अघि बढेको छ । सीआईबीले डेढ महिनाअघि बाँसबारी जग्गा अनियमितताको फाइलमा हात हालेर अनुसन्धानका क्रममा चौधरी समूहलाई तानेको छ । कांग्रेस सांसद विनोद चौधरीसँग सीआईबीले बिहीबार बयान पनि लिएको छ ।

विनोदका माहिला भाइ बसन्त चौधरीसँग पनि सीआईबीले बयान लिइसकेको छ । कान्छा भाइ अरुण चौधरी त पक्राउ नै परेका थिए । तर जिल्ला अदालतको आदेशपछि अरुण हाजिर जमानीमा रिहा भए । सरकारले २०२२ सालमा दर्ता गरेको उद्योग हो बाँसबारी छालाजुत्ता कारखाना । २०४२ सालमा ‘च्याम्पियन फुट वयेर’ नामको चौधरी समूहले नयाँ उद्योग खोल्यो ।

चौधरी समूहले बाँसबारीका सञ्चालकलाई प्रभावित पारेर सरकारी जग्गामा अर्को जुत्ता उद्योग खोल्ने प्रस्ताव गरेर सम्झौता गर्यो । च्याम्पियन फुट वेयरले बाँसबारीको १० रोपनी जग्गा आफ्नो नाममा ल्यायो । पछि च्याम्पियनमा रहेको बाँसबारीको शेयर पनि चौधरी समूहका अरुणकुमार चौधरीले किने । त्यसपछि च्याम्पियन पूर्णरूपमा चौधरी समूहले कब्जा जमायो ।

१८ रोपनी जग्गा हस्तान्तरण गर्ने सम्झौता भएपनि १० रोपनी जग्गामात्रै नामसारी भयो, स्थानीयले आन्दोलन र विरोध गरेका कारण ८ रोपनी जग्गा चौधरी समूहले नामसारी गर्न पाएन । त्यो जग्गामा हाल फुटबल मैदान बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.