भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

धनगढीका होटलमा प्रहरीको छापा, २४ जना नियन्त्रणमा

धनगढीका होटलमा प्रहरीको छापा, २४ जना नियन्त्रणमा

धनगढी, ११ असार । कैलालीको धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटल तथा लजमा गरिएको चेकजाँचका क्रममा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा सञ्चालन गरिएको अनुगमनमा ११ महिला र १३ पुरुष नियन्त्रणमा परेका हुन्। पक्राउ परेकामध्ये सात जना भारतीय नागरिक पुरुष रहेको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिइएका सबैलाई हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।

प्रहरीले होटल तथा लजमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.