भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने विभागको आश्वासन

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने विभागको आश्वासन

काठमाण्डौ, २५ भाद्र । जेनजीको प्रदर्शनपछि अत्यावश्यक वस्तुको अभाव र मूल्यवृद्धि हुने उपभोक्ताको चिन्ता बढे पनि सम्बन्धित निकायले तत्काल त्यस्तो अवस्था नआउने स्पष्ट पारेका छन्।

उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका अनुसार, हालको वस्तु आपूर्तिमा खासै असर नपरेको छ। विभागले आउँदो तीन महिनासम्मका लागि पुग्ने दाल, चामल, तेललगायतका खाद्यवस्तु पर्याप्त मौज्दात रहेको जनाएको छ।

त्यस्तै, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति नियमित रहेको स्पष्ट गरेको छ। खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थमा तत्काल समस्या नआउने र गाडी कम चलेका कारण हाल खपत पनि न्यून भएको निगमको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.