भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर ५५ डेंगु संक्रमित, कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित | वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो | खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर | राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी | सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा | रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने | ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन | आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा |

२६ औं भूकम्प सुरक्षा दिवस चन्द्रागिरी नगरपालिकामा आयोजना गर्ने निर्णय

२६ औं भूकम्प सुरक्षा दिवस चन्द्रागिरी नगरपालिकामा आयोजना गर्ने निर्णय

काठमाडौ । २६ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक गृह मन्त्रालयको सभाकक्षमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षता र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको उपथ्तििमा आइतबार सम्पन्न भएको हो । कार्यक्तममा स्वास्थ्य मन्त्री बस्नेतले नेपालले हरेक वर्ष केहि न केहि प्राकृतिक विपत्ति व्यहोरिरहेको हुँदा नेपालको जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पको लागि ३ वटै तहका संघ, प्रदेश र स्थानीय तहहरुले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले विपद् जोखिमबाट बचाउन जनजेतनामूक कार्यक्रमको माध्यमबाट क्षति न्यूनीकरण गर्न सकिने र विपद् पश्चात उद्वार, राहत र पुनःनिर्माणलाई तीब्रता दिन सम्बद्ध सबैलाई ध्यानाकर्षण गराए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प सुरक्षा दिवसको नारालाई भन्दा कामलाई बढी जोड दिनुपर्ने बताए । उनले हालै गएको जाजरकोट, पश्चिम रुकुम र अछाममा गएको भूकम्पमा भएको क्षति, रोकथाम र हालसम्म भएको प्रगतिबारे सबैलाई जानकारी दिनुपर्ने तथा २०७२ सालको भूकम्प पश्चात भएको पुनःनिर्माणको प्रगति समीक्षा बैठकमा हुनुपर्ने तर्क गरे ।

सन् २००८ मा जनवादी गणतन्त्र चीनको सिचुआन प्रान्तमा गएको भूकम्पपश्चात ३ वर्षमा पुनःनिर्माण कार्य सम्पन्न गरेको र सन् २०२३ मा टर्कीमा गएको भूकम्पमा कमजोर संरचनाका कारण संरचना भत्केको हुँदा ती कमजोर संरचना निर्माण गर्ने ठेकेदारहरुलाई कार्वाही गरेको स्मरण गराउँदै नेपालको सन्दर्भमा भने सरकारले कुनै कारवाही नगरेको तथा पुनःनिर्माणमा तदारुकता नदेखाएको आरोप लगाए ।

भूकम्प सुरक्षा दिवसकै अवसर पारेर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरि· कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा यहि माघ २ गते हुन गइरहेको भूकम्प सम्बन्धी प्रदर्शनी र माघ ५ गते हुन गइरहेको भूकम्प गोष्ठी हुने जानकारी दिए । 

बैठकमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले २६ औं भूकम्प सुरक्षा दिवस मूल समारोह आयोजना गर्ने जिम्मेवारी प्रदान गरिएकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रमलाई भव्य रुपमा सफलतापूर्वक सम्पन्न गर्न सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गरे । बैठकले “स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं” भन्ने मूल नाराका साथ २०८० माघ २ गते हुने २६ औं भूकम्प सुरक्षा दिवस चन्द्रागिरी नगरपालिकाका आयोजना गर्ने निर्णय गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.