भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

मुलुकको आर्थिक अवस्था सुधार्न अध्यादेशमार्फत २९ वटा कानून परिवर्तनः प्रधानमन्त्री ओली

मुलुकको आर्थिक अवस्था सुधार्न अध्यादेशमार्फत २९ वटा कानून परिवर्तनः प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था सुधार्न अध्यादेशमार्फत २९ वटा कानून परिवर्तन गरेको बाएका छन् ।

सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले गैरसहकारी मान्छेहरू सहकारीमा प्रवेश गर्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको दाबी गरे ।

उनले सहकारीहरू मिलेर सानो पुँजी जम्मा गर्दै ठूल्ठूला काम गर्न सकिने तर्क समेत गरे । प्रधानमन्त्री ओलीले भने‚ ‘सहकारीमा ठूलो ठगी भएको छ। गैरसहकारी मान्छेहरू सहकारीमा प्रवेश गरेर यस्तो खालको काम भयो। सहकारी हामीलाई अहिले पनि आवश्यक छ।

सहकारी मिलेर ससानो पुँजी जम्मा गरेर हामी ठूला काम गर्न सक्छौँ। त्यतापट्टि हामी जानुपर्छ। हामीले केही काम छिटो गर्न केही अध्यादेश ल्यायौँ। २९ वटा कानून परिवर्तन गरेका छौँ।’ केही मान्छेले बालकलाई चकलेट देखाए जस्तो गरी सरकार ढाल्न उद्यत रहेको बताउँदै नेपाली काँग्रेसबाट पूर्ण साथ पाएको उनको भनाई थियो ।

उनले १८ महिनासम्म आफू प्रधानमन्त्री रहने र १८ महिनापछि काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमँत्री बन्ने बताउँदै पुराका–पुरा सहयोग गर्ने बताए। संसद्को हिउँदे अधिवेशनमा सरकारले सदनलाई बिजनेस दिने कुरामा दृढ रहेको बताउँदै सरकार संसद्‌मा कानून बनाउने र कानून संशोधन गर्ने कुरामै केन्द्रित हुने तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.