भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

आगामी प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षणका लागि ३१ संस्थालाई अनुमति

आगामी प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षणका लागि ३१ संस्थालाई अनुमति

काठमाडौं, १ पुष । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षणका लागि ३१ वटा संस्थालाई अनुमति दिएको छ। आयोगका अनुसार अनुमति पाउने संस्थामध्ये २७ वटा राष्ट्रिय र ४ वटा अन्तर्राष्ट्रिय संस्था रहेका छन्।

निर्वाचन आयोगले गत कात्तिक ११ गते निर्वाचन पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो।आह्वानअनुसार आयोगमा ४४ वटा राष्ट्रिय र ५ वटा अन्तर्राष्ट्रिय संस्था गरी कुल ४९ संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ।

पर्यवेक्षणका लागि आवेदन दिएका संस्थामध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका मापदण्ड, आधार र प्रक्रिया पूरा गरेका संस्थालाई मात्रै अनुमति दिने निर्णय गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

निर्देशिकाबमोजिम आवश्यक कागजात पेश नगरेका संस्थालाई भने ५ दिनभित्र थप कागजात बुझाउन पत्राचार गरिएको उहाँले बताउनुभयो। मागअनुसारका कागजात प्राप्त भएपछि बाँकी संस्थाको हकमा आवश्यक निर्णय गरिने निर्वाचन आयोगले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.