भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भक्तपुरमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या जारी

भक्तपुरमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या जारी

मुख्य बुद्धा

भक्तपुरमा १८ असोजमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या कार्यक्रमको पहिलो दिन सम्पन्न।

प्रमुख अतिथि नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनितिज्ञ न.आ. यणमान बिजुक्छेले साहित्यमा पनि राजनीति हुने र जनताको सेवामा राजनीति आवश्यक रहेको बताए।

कार्यक्रममा स्वागत भाषण रविन्द्र खर्बुजा, र सिडीओ नवराज घिमिरे, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार यचु जोशी लगायत  व्यक्तिहरू उपस्थित

विभिन्न क्षेत्रमा योगदान गर्ने गोपाल बासुकला, किसान अग्रज लगायतलाई प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान।

कार्यक्रमले साहित्य, कला र संस्कृतिको महत्वबारेकाे योगदानलाई सम्मान ।

भक्तपुर, १९ असोज । भक्तपुरमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या कार्यक्रमको जारी रहेकाे छ । पहिलो दिन शनिबार भव्य रूपमा सम्पन्न कार्यक्रममा नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनितिज्ञ नारायणमान बिजुक्छेले साहित्य र राजनीति सम्बन्धित विचार व्यक्त गर्दै  “साहित्यमा पनि राजनीति हुन्छ। राजनीति नगर्ने मान्छे एक्लो हुन्छ। राजनीति भन्नुको मतलब शासन–सत्तामा जाने वा अकूत सम्पत्ति कमाउने होइन, जनताको वास्तविक सेवा गर्ने उद्देश्यका लागि राजनीति गर्नु हो। तल्लो वर्गका छोराछोरीलाई व्यवहारिक ज्ञान दिनुपर्छ। शोषक सामन्तले तल्लो वर्गका जनताको हितमा काम गर्दैन।” भन्नुभयाे ।

रविन्द्र खर्बुजाले स्वागत गर्नुभएकाे कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नवराज घिमिरे, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार यचु जोशी, डा. पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ इन्जिनियर रामविन्दु श्रेष्ठ, डा. विरेन्द्र कायस्थ, कवयत्री बेवी झा, त्रिवि अंग्रेजी केन्द्र प्रमुख तारालाल श्रेष्ठ, कवयत्री इन्दिरा प्रसाई, साहित्यकार नरेन्द्र राज प्रसाई, भक्तपुर नपा प्रमुख सुनिल प्रजापति, तःमुंज्या केन्द्रीय समितिका आशाकुमार चिकबन्जार र सभापति राजेन्द्र प्रसाद हाडाकाे उपस्थिति रहेकाे  थियाे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। यसअन्तर्गत गोपाल बासुकला, किसान अग्रज बिकुनारायण माते, लोक कविका रुपमा संघरत्न शाक्य, कनक बाजा गुरु जगतलाल खर्बुजा, गायक तथा संगीतकार रवि हाडालाई नेमकिपाका अध्यक्ष रोहितले प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभएकाे थियाे । 

कार्यक्रममा कला, संस्कृति र साहित्यको महत्व बारेमा प्रकाश पार्दै, सबै अतिथिहरूले साहित्य र सांस्कृतिक क्रियाकलापमा निरन्तर योगदान दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.