भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

हुम्लाको अदानचुली र मुगुको सोरुमा ‘फोरजी’ सेवा पुगेपछि सहज

हुम्लाको अदानचुली र मुगुको सोरुमा ‘फोरजी’ सेवा पुगेपछि सहज

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा मोबाइल डाटा सेवा ‘फोरजी’ सञ्चालनमा आएपछि सहज भएको छ । सूचना आदान प्रदानसँगै दैनिक काममा भोग्दै आएको अप्ठारो हटेको सेवाग्राहीले बताएका छन् ।

२०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाण्डौ र पोखराबाट फोरजी सेवाको शुरूआत गरेको थियो । तर वषौँदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्ला, मुगुलगायतका जिल्लाका बासिन्दाले समस्या भोग्दै आएका थिए । अदानचुली गाउँपालिका–१ कल्खेका अम्मर रावलले मोबाइलमा कुरा गर्न कता अग्लो डाँडा छ भनेर खोज्दै हिड्नुपर्ने अवस्थाबाट अहिले घरमै बसेर आरामले कुरा गर्न सक्ने भएको बताउनुभयो ।

यसअघि वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर इन्टरनेटसम्बन्धी काम गर्नुपरेकोमा अब घरघरको कुनामै बसेर भिडियोकल नै गर्न पाउदाँ खुशीको सीमा नै नरहेको अदानचुली गाउँपालिका–५ का सिंह बोहराले बताउनुभयो । दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा ‘फोरजी’ सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ ।

गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि पालिकाबाट गर्नुपर्ने दैनिक काममा समेत सहज भएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताउनुभयो । ‘फोरजी’ सेवा विस्तारले गाउँमा सेवासुविधा तथा मनोरन्जन र सूचना आदान प्रदानको काम सहज भएको छ ।

त्यस्तै अदानचुली च्याममा राखिएको टावर आजदेखि सञ्चालनको तयारी छ । दुई वर्षदेखिको निरन्तर प्रयासमा सेवा सञ्चालनमा ल्याउन सफल भएको अदानचुली गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो ।

अबदेखि विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा शुरू गर्न सकिने अवस्था बनेको जनप्रतिनिधिले बताएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.