भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

नेपालले विभिन्न सात वटा सुधार गर्ने प्रतिबद्धता

नेपालले विभिन्न सात वटा सुधार गर्ने प्रतिबद्धता

काठमाण्डौ । एफएटीएफले ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजनालाई स्वीकृत गरेको छ । सम्पत्ति शुद्धीकरणको विषयमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सले उक्त योजनालाई स्वीकृत गरेको हो ।

आगामी दिनमा सूचीबाट निस्कन नेपालले एफएटीएफसँगको सहकार्यलाई जारी राख्ने जनाएको छ । त्यसका लागि नेपालले विभिन्न सात वटा सुधार गर्ने प्रतिबद्धता गरेको छ । एशिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) ले दुई वर्षअघि नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ‘पारस्परिक मूल्याङ्कन प्रतिवेदन’ एफएटीएफलाई प्रतिवेदन बुझाएको थियो ।

जसमा ४० वटा सुधारका क्षेत्रहरू औँल्याइएको थियो । तर सरकारले कानुनी सुधार गरेपनि कार्यान्वयन पक्ष फितलो भएको भन्दै नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको हो । त्यस्तै जोखिम प्रोफाइलअनुरूप, अपराधबाट आर्जित सम्पत्ति तथा उपकरणहरूको पहिचान गर्ने, पत्ता लगाउने, रोक्का गर्ने, जफत गर्ने र आवश्यक परेमा उपायहरू लागू गर्ने तथा आतङ्ककारीमा लगानी तथा व्यापक विनाशकारी हतियार प्रसारमा लगानी नियन्त्रणका लागि लक्षित वित्तीय प्रतिबन्ध व्यवस्थामा प्राविधिक कमजोरीहरू समाधान गर्ने रहेका छन् ।

जसमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारीमा लगानीसम्बन्धी जोखिमहरुको बुझाइमा सुधार गर्ने, वाणिज्य बैंकहरू, उच्च जोखिमयुक्त सहकारी, क्यासिनोहरू, बहुमूल्य धातु तथा रत्न व्यवसाय र रियल इस्टेट क्षेत्रमा जोखिम–आधारित नियमन सुधार गर्ने, वित्तीय समावेशीकरणलाई बाधा नपुर्‍याइ, अवैध भुक्तानी सेवा प्रदायकहरू (एमभीटीएस) हुन्डी सञ्चालकहरूको पहिचान र कारबाही गर्ने,सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र अभियोजन संख्यात्मक रूपमा वृद्धि गर्ने रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.