भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता – २०८१ को समापन तथा पुरस्कार वितरण

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता – २०८१ को समापन तथा पुरस्कार वितरण

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता – २०८१ को छनोट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विजयी खेलाडीहरुलाई बधाई तथा हौसला दिनुभयो ।

खेलकुदमा सरकारले पर्याप्त बजेट विनियोजन नगरेको अवस्थामा भक्तपुर नगरपालिकाले आफ्नै स्रोतमा प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता र विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गर्दै आइरहेको बताउनुभयो ।

खेलकुदमा प्रशिक्षक र पुर्वाधारको विकास भएमा खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम हुने चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटन तथा सम्पदा संरक्षणमा नमुना कार्य गरेजस्तै खेलकुदलाई पनि प्राथमिकता दिदै यसको विकासमा जोड दिँदै आइरहेको बताउनुभयो ।

उहाँले खेलकुदमा अनुशासनको महत्व रहेकोले व्यवस्थित भएर खेल्नुपर्ने समेत बताउनुभयो । कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले भक्तपुर नगरपालिकाले विकास निर्माणमा मात्र नभई खेलकुद क्षेत्रमा पनि विशेष योगदान पुर्‍याएको काम प्रशंसशनीय रहेको बताउनुभयो । भक्तपुरलाई खेलकुदमय बनाउन भक्तपुर नपाको खेलकुद समिति क्रियाशील रहेको उहाँले बताउउनुभयो ।

कार्यक्रममा खेलकुद समितिका संयोजक एवं भनपा १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले भनपाले विद्यार्थीहरुलाई खेलमा आकर्षित गर्न विभिन्न खेलकुद गतिविधि र तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा भनपा खेलकुद समितिका सदस्य तथा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवादज्ञापन गर्नुभएको थियो भने भनपा वडा नं. ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

भक्तपुर नगरपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता – २०८१ को छनोट प्रतियोगिताका ४२० जना विजयी खेलाडीहरुलाई मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.